डा. पण्डितकाे नयाँ पुस्तक बजारमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. पण्डितकाे नयाँ पुस्तक बजारमा

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७९, बिहीबार

    काठमाडाै । डा. सन्देश पण्डितको नया पुस्तक यसै साताबाट बजारमा आएको छ । “Basic principles of living 100 “नाम दिइएको उक्त पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

    सीमित स्वास्थ्य सेवा हुँदा पनि किन हाम्रा हजुरबुबा हजुरआमाको पुस्ता एकसय वर्षसम्म सजिलै बाँचे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौँ स्वास्थ्य सेवाका विकल्प हुदा पनि हामी ६०–७० वर्ष सम्म निरोगी भएर बाँच्न किन सघंर्षरर्षत छौ भन्ने कुरा यस पुस्तकमा समावेश गरिएको छ ।

    .पुस्तकका विशेषताहरु

    • आजको समयमा किन यति धेरै मानिसहरु रोगीहुँदै गएका छन् भन्ने कुरा सरल भाषामा प्रष्ट्याइएको ।
    • १०० वर्षबाँच्नको लागिकति पैसा चाहिन्छ?यसको बारेमा रमाइलो तरिकाले प्रस्तुत गरिएको ।
    • विश्वका विभिन्न ठाउँमा १०० वर्ष बाचेका समुदाय र तिनका मानिसहरुको खानपिन, रहन–सहन,सोचाई र जीवनलाई हेर्ने दृष्टिकोण समावेश गरिएको ।
    • हामीले जीवनमा स–साना के–के कुरामा ध्यान दिँदा जीवनमा आमूल परिर्वतन आउँछ भन्ने कुरालाई बुझाइएको ।
    • विभिन्न उपचार पद्धतिलाई सरल तरिकामा बुझाइएको र विभिन्न हामीले चिनेका कलाकारहरुको रोग लाग्दाको अति नै उपयोगी र रमाइलो अनुभव पनि समावेश गरिएको ।
    • यो किताब पढेपछि मानिसमा स्वास्थ्य प्रतिको चेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने र थाहा नै नपाईकन तपाईको व्यक्तित्व विकास, अध्ययनमा राम्रो ग्रेड आउनुका साथै सोच्ने शक्तिमा विकास हुने र मानिस सुखी र निरोगी भएर बाच्न मद्धत गर्ने ।
      कसले यो किताब पढ्ने ?
    • विद्यालय तथा कलेज अध्ययन गर्ने विद्यार्थी, शिक्षण पेशामा आवद्ध व्यक्तित्वहरु, डाक्टर, नर्स र अन्य स्वास्थ्य सेवामा आवद्ध व्यक्तिहरु, वकिल, इन्जिनियर,कलाकार, राजनितिज्ञ, व्यापारी तथा विभिन्न कार्यमा आवद्ध सम्पूर्ण महानुभावहरुले पढ्नै पर्ने ।
    • अङ्ग्रेजी भाषामा लेखिएको भएपनि सामान्य र सरल अङ्ग्रेजी शब्दहरु प्रयोग गरिएकोले पढ्न अप्ठ्यारो नहुने ।
    • यो पुस्तक पढ्नको लागि मेडिकल ज्ञानको पूर्व आवश्यकता नपर्ने ।
      पुस्तकको विवरण
    • पुस्तकको नाम– Basic principles of living 100 प्रकाशन र वितरक– शिखाबुक्स बागबजार/ज्ञान ज्योति पुस्तक(०१–४२४००६०, ०१–४२५३०२८) लेखक– डा सन्देश पण्डित संस्करण– प्रथम, २०२२ भाषा– अङ्ग्रेजी पृष्ठहरु– २२७ विधा– अन्र्तदृष्टि/साहित्य/इतिहास/स्वास्थ्य र फिटनेस