दमौली । निर्वाचन आयोगले तनहुँको मुख्य निर्वाचन अधिकृतमा हरिशचन्द्र ढुंगानालाई नियुक्त गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला अदालतका न्यायाधीश ढुंगाना मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।
स्थानीय तह निर्वाचनमा पनि ढुंगानाले मुख्य निर्वाचन अधिकृत भएर काम गरिसकेका छन् ।
यस्तै निर्वाचन अधिकृतमा सरकारी वकिल गोविन्द उपाध्याय नियुक्त भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा निर्धारण गरिएको छ ।