म्याग्दे । म्याग्दे गाउँपालिकाले आयाेजना गरेकाे घुम्ती शिविरबाट सर्वसाधारण उत्साहित भएका छन् । घरदैलाेमा नै सेवा पाउँदा सर्वसाधारणले राहत महशुस गरेका हुन् ।
घुम्ती शिविरकाे अवसरमा बिहीबार म्याग्दे-२ भैसीखर निवासी एक सय वर्षीय धनमाया
परियारलाई कोभिडको खाेप लगाइएकाे छ ।
शिविरकाे तेश्रोे दिनसम्म ३८३ जनाले कोभिड १९ विरुद्ध फाईजर खोप लिएका छन् । जस मध्ये ४८ जनाले पहिलो मात्रा, ३३ जनाले दोश्रो मात्रा तथा ३०२ जनाले तेश्रो बुष्टर मात्रा खोप सेवा लिएकाे प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
अशक्त भएर चल्न नसक्ने अवस्थामा रहेका रिषीथुम रामथुन डाँडा निवासी वर्ष ६९ का शेरबहादुर श्रेष्ठलाई घरमा गएर कोभिड खोप र स्वास्थ्य सेवा प्रदान गरिएकाे स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।
घुम्ती शिविरकाे अवसरमा कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा लगायत गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु प्रदान गरिएकाे छ ।