राप्रपा तनहुँद्वारा निर्वाचन परिचालन समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँद्वारा निर्वाचन परिचालन समिति गठन

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७९, शुक्रबार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि राप्रपा तनहुँले निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकले अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा ३२ सदस्यीय समिति गठन गरेको हो ।

    बैठकले सबै पालिकाका अध्यक्षको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने र त्यसलाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको घर्तीले जानकारी दिए ।

    बैठकले शेरजंग अधिकारी, देव कुमार पिया, दीपक उपाध्याय र सुरेन्द्र अधिकारीलाई जिल्ला सदस्यमा मनोनयन गरेको छ ।