दमौली । शुक्रबारदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आएको ‘प्रेमगीत-३’ ले दमौलीमा हाउसफूल ओपनिङ गरेको छ। नेपाली र हिन्दीमा डब गरिएको चलचित्रले दमौलीमा उत्साहजनक ओपनिङ गरेको हो।
दमौलीस्थित एपेक्स मलको क्युएफएक्समा बिहान ८ बजेदेखि शो रहेको थियो । शुक्रबार दिनभर हरेक शो हाउसफूल रहेको क्युएफएक्सका प्रबन्धक उज्वल भट्टराईले जानकारी दिए । ‘आजको दिन एकदमै राम्रो ओपनिङ भयो,’ उनले भने ।
अभिनेता प्रदीप खड्का, क्रिस्टिन गुरुङ अभिनित फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । सेन फिल्मका निर्मातासमेत हुन् ।