वन पैदावर सङ्घद्वारा बीमा बापतको रकम हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वन पैदावर सङ्घद्वारा बीमा बापतको रकम हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७९, शनिबार

    दमाैली । नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घ तनहुँले एक कामदारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । व्यास नगरपालिका–४ स्थित अनिता फर्निचर उद्योगमा कार्यरत कामदार सन्तबहादुर तामाङलाई घाइते बीमा बापतको रु ४३ हजार छ सय ८९ सहयोग गरिएको हो ।

    उक्त रकमको चेक शनिबार सङ्घका देव रसाइलीले घाइते तामाङलाई हस्तान्तरण गरे । वन पैदावर उद्योग व्यवसायी सङ्घले सङ्घमा आबद्ध भएका काठजन्य उद्योगमा कार्यरत मजदुरको प्रिमियर इन्स्योन्रेस कम्पनीमा बीमा गराएको छ ।

    मजदुरको पीडामा मलम लगाउन राहत रकमले सहयोग पुग्ने रसाइलीले विश्वास व्यक्त गरे ।