दमाैली । हरिओम टोल विकास संस्थाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपालसम्बत्, छठ, इद लगायतको अवसरमा शुभकामना आदान प्रदान सहित मनोरञ्जनात्मक कार्यक्रम घैंटो फुटाइ सम्पन्न गरेको छ ।
टोल विकास संस्थाका अध्यक्ष विमल सिग्देलको अध्यक्षतामा शनिवार आर्दश चोकमा आयोजित कार्यक्रमको प्रमुख अतिथि व्यास ४ का वडा सदस्य सरोज भण्डारीले घैंटो फुटाइ कार्यक्रममा सहभागी कमला न्यौपानेलाई घैंटो फुटाउन प्रयोग गरिने साधन लौरो दिएर उद्घाटन गरेका थिए ।
उनले व्यास ४ मा रहेका १६ वटा टोल मध्ये हरिओम टोल विकास संस्थाले सिर्जनशील काम गरेको बताए । भण्डारीले टोलमा रहेका विविध समस्याको सम्बोधनमा वडा प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा व्यास ४ का वडा सदस्य गौकुमारी न्यौपानेले महिला शसक्तीकरणमा जोड दिदै चाड, पर्व, संस्कार संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको बताइन् ।
कार्यक्रममा टोल विकास संस्थाका पूर्व अध्यक्ष एवं टोल विकास संस्थाका सल्लाहकार हरिश्चन्द्र वाग्ले, सल्लाहकार नारायणी अधिकारी, अर्पित टे«डर्सका प्रोपाइटर विनोद पौडेल लगायतको चाडपर्वले सामाजिक एकता कायम गर्ने बताएका थिए ।
टोल विकास संस्थाका अध्यक्ष विमल सिग्देलले हरिओम टोल व्यास नगरपालिका भित्रका विभिन्न टोल मध्ये नमुना टोल बन्ने उद्धेश्यले अगाडि बढेको बताए । सिग्देलले टोल बासीको समस्या सम्बोधनमा टोल विकास संस्था प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा समेत रचनात्मक समाजिक कार्य गरिने बताए ।
सिग्देलले टोलको सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको बताउदै मासिक रुपमा सरसफाइ कार्यक्रम गरिदै आएको बताए । शुभकामना आदान प्रदानमा राखिएको घैंटो फुटाइ कार्यक्रममा ३८ जनाको सहभागिता रहेको बताइएको छ । सहभागी मध्ये कसैले पनि घैंटो फुटाउन सफल नभएता पनि निशान चिन्हको नजिक लौरो पुर्याउन सफल समसुधिन मियालाई पुरस्कार प्रदान गरिएको टोल विकास संस्थाले जनाएको छ । अर्पित टे«डर्सका प्रोपाइटर विनोद पौडेलले मियालाई पुरस्कार प्रदान गरेका थिए ।