दमाैली । नेपाली काङ्ग्रेसले निर्वाचन आयोगमा बुझाएको सूची अनुसार समानुपातिकका लागि तनहुँका चार नेता बन्दसूचीमा परेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि काङ्ग्रेसले बुझाएको बन्दसूची अनुसार प्रतिनिधिसभाका लागि एक र गण्डकी प्रदेशसभाका लागि चार जना बन्दसूचीमा परेका छन् ।
प्रतिनिधिसभामा खसआर्यतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराई समानुपातिक सूचीमा परेका छन् । गण्डकी प्रदेशसभामा आदिवासी जनजातितर्फ महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, खसआर्यतर्फ केन्द्रीय सदस्य ध्रुव वाग्ले र महाधिवेशन प्रतिनिधि चिनु पोख्रेल बन्दसूचीमा परेका छन् ।