काङ्ग्रेस नेता श्रेष्ठद्वारा समानुपातिक उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस नेता श्रेष्ठद्वारा समानुपातिक उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७९, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठले समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन् । गण्डकी प्रदेशसभामा जनजातितर्फबाट समानुपातिक सूचीमा रहेका श्रेष्ठले सोमबार उम्मेदवारी फिर्ता लिएका हुन् । श्रेष्ठले निर्वाचन आयोगमा पुगी उम्मेदवार फिर्ता लिएका हुन् ।

    यसअघि बुझाइएको सूचीमा श्रेष्ठ दोस्रो नम्बरमा रहेपनि आइतबार संशोधित सूची बुझाउँदा श्रेष्ठ केही तल पुगेका थिए । “एक÷दुई नम्बरमा हुँदा निश्चित हुन्थ्यो तर अझै तल पुगेकाले सम्भावना नरहने देखेपछि उम्मेदवारी फिर्ता लिएको हूँ,” उनले खबरपुञ्जसँग भने ।