दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रतिनिधिसभा समानुपातिकका लागि उम्मेदवारी फिर्ता लिएका छन् । समानुपातिकको बन्दसूचीमा रहेका भट्टराईले सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
खासआर्यको चौथो नम्बरमा रहेका भट्टराईले सांसद हुने सम्भावना नदेखेपछि उम्मेदवारी फिर्ता लिएको उनी निकट स्रोतले जनायो ।
समानुपातिकबाट उम्मेदवारी फिर्ता लिएका भट्टराईले तनहुँ–१ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका छन् ।