स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा १ जना घाइते, थप उपचारका लागि पाेखरा पठाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा १ जना घाइते, थप उपचारका लागि पाेखरा पठाइयाे

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७९, बुधबार

    स्याङ्जा । स्याङ्जाको वालिङमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । 

    पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३ ०१–००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका १० को आम्बाेटमा ठोकिएकाे हाे ।

    दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते भएका वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । उपाध्यायको टाउको र हातमा गम्भीर चोट लागेको र थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ । 

    यसैबीच अविरल वर्षाका कारण ग्रामीण सडकमा पहिराे खस्ने र केही ठाउँका सडक नै बन्द भएपछि दशैँकाे टीका थाप्न जानेहरू समस्यामा परेका छन् ।