दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । डुम्रेमा मंगलबार आयोजित विस्तारित बैठकले नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलको संयोजकत्वमा १४७१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
कार्यक्रममा तनहुँ-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एकबहादुर राना, प्रदेश १ का उम्मेदवार रामबहादुर गुरुङ, प्रदेश २ का उम्मेदवार पूर्णबहादुर गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायतले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।