दमौली । श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट ‘रामराज्य रथयात्रा’ दमौली आइपुगेको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ मंगलबार दमौली आइपुगेको हो ।
दमौली आइपुगेको रथयात्रालाई व्यासगुफा क्षेत्रमा स्वागत गरिएको छ ।
भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु/गराउनु प्रमुख उद्देश्यका साथ आइपुगेको रथयात्रा मुक्तिनाथसम्म पुग्नेछ ।
यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् ।