दमौली । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँ-१ का उम्मेदवार गोविन्दराज जोशीले कैची चुनाव चिन्ह पाएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका जोशीले कैची चुनाव चिन्ह पाएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जोशीलाई कैची चुनाव चिन्ह प्रदान गरेको छ ।
गत स्थानीय तह निर्वाचनमा जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकाको प्रमुखमा कैची चुनाव चिन्ह लिएका थिए । त्यसबेला नेकपा एमालेले जोशीलाई समर्थन गरेको थियो ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशी तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने यसअघिदेखि नै बताउँदै आएका थिए ।
यही क्षेत्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना चुनावी मैदानमा छन् ।