साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७९, मंगलवार

    पाेखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रायल विधामा विभागीय टिमका खेलाडीले वर्चस्व कायम गरेका छन् । हेम्जा याम्दी सडकखण्डमा मंगलबार  भएको २० किलोमिटर दुरीको साइक्लिङको महिला पुरुष दुवै विधामा विभागीय खेलाडीले मात्र पदक हात पारे ।

    पुरुषतर्फ एपिएफका सुरज राना मगरले ३४ मिनेट ४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक हात पारे । नेपाल आर्मीका हिमाल टमटाले ३६ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै रजत जितेका छन् । ३६ मिनेट ५० सेकेन्डमा दुरी पार गरेका एपिएफका लक्ष्मण मल्लले कास्य पदकमा चित्त बुझाए ।  तीन विभागिय र सात प्रदेशका १६ जना खेलाडीले यो विधामा प्रतिस्पर्धा गरेका थिए ।

    महिलातर्फ नेपाल आर्मीकी उसा खनालले स्वर्ण पदक जितेकी छन् । उनले ३८ मिनेट ३१ सेकेन्डमा दुरी पार गरिन । एपिएफकी हुमी बुढा मगरले ४२ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै रजत जितिन् । आर्मीकी मञ्जुकुमारी खड्काले कास्य प्राप्त गरेकी छन् । उनले ४२ मिनेट ५५ सेकेन्डमा दुरी पार गरेकी थिइन ।

    महिलातर्फ तीन विभागियसहित चार प्रदेशका १७ खेलाडी प्रतिस्पर्धा गरेका थिए । स्वर्ण विजेताले पदकसँगै नगद २५ हजार रुपैयाँ समेत प्राप्त गरेका छन् । साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अब रोड रेश मास स्टार्ट विधाको साइक्लिङ बुधाबार हेम्जामा हुनेछ ।