


दमौली । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको छनोट खेलमा कास्कीमाथि तनहुँले ऐतिहासिक जित निकालेको छ । पोखरामा सुरु छनोट खेलमा तनहुँले कास्कीलाई पराजित गरेको हो ।
हालसम्मका खेलहरुमा तनहुँले कास्कीमाथि विजय हासिल गर्न सकेको थिएन । उक्त खेलमा तनहुँले कास्कीलाई एक विकेटले पराजित गरेको छ ।
कास्कीले १३८ को लक्ष्य दिएकामा तनहुँले ४३ औं ओभरमा एक विकेटले विजय हासिल गरेको छ ।
खेलमा तनहुँका लागि कप्तान चन्द्रकान्त र अभिषेक बस्नेतले समान ३–३ विकेट लिए भने प्रदीप अर्याल र दिनेश बुढा मगरले समान २–२ विकेट लिए ।
दोस्रो ब्याटिङ गर्दा प्रदीपले निर्णायक १६ रन बनाएर खेल समाप्त गरे । प्रदीप र सन्दीपले अन्तिम विकेटका लागि २४ रनको साझेदारी गर्दै इतिहास रचे |
चन्द्रकान्तले पोखरा जानुअघि पॉच दिने क्याम्पेनका लागि पहल गरेका थिए । त्यसले खेलाडीलाई खेल जित्नका लागि सहयोग गर्यो ।