५ हजार मिटरमा गोपीचन्द्रले जिते स्वर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ५ हजार मिटरमा गोपीचन्द्रले जिते स्वर्ण

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    पोखरा । एपीएफ क्लबका गाेपिचन्द्र पार्कीले नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

    बिहीबार बिहान पाेखरा रंगशालामा सम्पन्न दाैडमा गोपीचन्द्र ले १४ मिनेट २९.६७ सेकेन्डमा निर्धारित दुरि पूरा गरे ।

    निर्धारित दूरी पार गर्न १४ मिनेट २९.९३ सेकेन्ड खर्चिँदै कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते ।यस्तै, त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।

    महिला ५ हजार मिटरमा बुधबार बागमती प्रदेशकी सन्ताेषी श्रेष्ठले संवरण पदक जितेकी थिइन् ।