जुडोमा आर्मी च्याम्पियन, पदक विजेता खेलाडीको नामावली सहित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जुडोमा आर्मी च्याम्पियन, पदक विजेता खेलाडीको नामावली सहित

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको जुडो खेलमा नेपाल आर्मी च्याम्पियन बनेको छ । सर्वाधिक ९ स्वर्ण जित्दै आर्मी च्यम्पियन भएको हो । व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक प्राप्त गरे । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ ।

    नेपाल पुलिस क्बलले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थान ओगट्न सफल भएका छन् ।

    नेपाल आर्मीले ९ स्वणसँगै ६ कास्य र ३ रजत पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत र ८ कास्य पदक प्राप्त गरेको छ ।

    बागमती प्रदेशले २ रजत र ७ कास्य पदक जित्यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ । मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, १ कास्य जितेको छ । प्रदेश नम्बर १ ले ३ कास्य जितेको हो ।

    सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १÷१ कास्यमा चित्त बुझाएका छन् । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेनन् । जुडोमा खाता नखोल्न गण्डकी एक मात्र टिम हो ।

    यी हुन पदक जित्ने खेलाडीहरु
    जुडोमा पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा प्रतिस्पर्धा भयो । ४८, ५२, ५७, ६३, ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले प्रतिस्पर्धा गरे । टिम मिक्स इभेन्टमा पनि एक खेल भएको छ ।

    पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगरले स्वर्ण पदक जिते । वाग्मती प्रदेशका सचिन वाइवा लामाले रजत पदक जित्दा एनआरएनएका विकास विक र नेपाल आर्मीका दिपक रस्ताकोटीले कास्य पदकमा चित्ता बुझाए ।

    ६६ केजीमुनि तौल समूहमा नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल आर्मीका कर्मा तामाङले रजत पदक, आर्मीकै किरण भट्टराई र पुलिसका अश्विन पुलामी मगरले कास्य पदक हात पारेका छन् ।

    ७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामीले स्वर्ण पदक जिते । नेपाल पुलिस क्बलका सुदेश दोंगले रजत पदक, मधेश प्रदेशका राजु शर्मा बढाई र पुलिसका सन्जित दंगोलले कास्य जितेका छन् ।

    ८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण पदक जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत पदक प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् ।
    ९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिम प्रदेशका सुरेश गिरीले कास्य पदकमा चित्त बुझाए ।

    १०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण पदक जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पदक पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य प्राप्त गर्न सफल भएका छन् ।
    १०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए ।

    महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राईले स्वर्ण पदक जितेकी छन् । एपिएफकी रत्ना तामाङले रजत पदक, कर्णाली प्रदेशकी हिरा आचार्य र नेपाल पुलिस क्बलकी सोनिया भट्टले कास्य पदक जितेका छन् ।

    ५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । आर्मीकै रोशना ढंगोलले रजत पदक, वाग्मती प्रदेशकी सरिता मगर र नेपाल पुलिस क्बलकी सपना राईले कास्य पदक जिते ।

    ५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण प्राप्त गर्दा नेपाल आर्मीकी सिमाकुमारी चिडीले रजत पदकमा चित्त बुझाईन् । नेपाल आर्मीकी सुस्मिता लावती र वाग्मती प्रदेशकी अन्जु पाण्डेले कास्य पदक प्राप्त गर्न सफल भए ।

    ६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लिला अधिकारीले स्वर्ण पदक प्राप्त गर्न सफल भइन् । लुम्बिनी प्रदेशकी निर्मला कुवँरले रजत, नेपाल पुलिस क्बलकी दिलकुमारी छन्त्याल र वाग्मती प्रदेशकी शक्ति थापाले रजत पदक आफ्नो पोल्टामा पारेका छन् ।

    ७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक प्राप्त गरेका छन् ।

    ७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण पदक जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले कास्य जितेका छन् ।
    ७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मती प्रदेशकी अस्मिता गोलेले कास्यमा चित्त बुझाए ।

    हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ । मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २÷२ कास्य जित्दा कर्णाली र एनआरएनएले १÷१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् ।