नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफलाई स्वर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफलाई स्वर्ण

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ । वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।

    खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन ।

    ७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वर्णको लागि प्रयाप्त भएन । र पुलिसले रजतमै चित्त बुझाउन पर्यो ।

    महिला फुटबलको कास्य पदक विभागिय आर्मीलाई
    महिला फुटवलको कास्य पदक त्रिभुवन आर्मी फुटवल क्लबले जितेको छ । त्रिभुवन आर्मीले ७–० गोल अन्तरले प्रदेश नम्बर १ लाई पराजित गर्दे कास्य जितेको हो । खेलको तेस्रो मिनेटमा आर्मीकी हिमा चौधारीले गोलको खाता खोलेकी थिइन ।

    खेलको ५ औँ मिनेटमा अमिसा कार्कीले अर्को एक गोल गर्दे गोल संख्या दोब्बर बनाइन । खेलको ३५ औँ र ४१ औं मिनेटमा एक एक गोल गर्दे ह्याट्रिक पुरा गरिन ।

    यस्तै खेलको ४३ औँ मिनेटमा चन्द्रा भण्डारीे,६१ औँ मिनेटमा गंगा गुरुङ र ७१ औं मिनेटमा कुसुम खतिवडाले समान एक एक गोल गरेकी थिइन ।