पोखरा । प्रधानमन्त्री कप क्रिकेट छनोट खेलमा तनहुँले दोस्रो जित निकालेको छ । पोखरामा जारी खेलमा शुक्रबार तनहुँले स्याङ्जालाई पराजित गरेको हो । पहिलो खेलमा तनहुँले कास्कीमाथि विजय हासिल गरेको थियो ।
पहिले व्याटिङ गर्दै स्याङ्जाले १७५ रन बनाएको थियो । तनहुँका लागि सन्दिप पराजुलीले ४, विनय भण्डारी र प्रदीप अर्यालले २-२ विकेट लिए ।
दोस्रो व्याटिङ गरेको तनहुँले पॉच विकेट बॉकी रहँदै लक्ष्य भेट्याउँदै विजय हासिल गर्यो।
खेलमा तनहुँका समिर कंडेल ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित भएका छन् ।
शनिबार तनहुँले नवलपुरसँग तेस्रो खेल खेल्नेछ ।