प्रधानमन्त्री कप छनोट प्रतियोगिता : तीन खेल जितेर तनहुँ च्याम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप छनोट प्रतियोगिता : तीन खेल जितेर तनहुँ च्याम्पियन

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७९, शनिबार

    दमौली । प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नवलपुर विरुद्ध तनहुँले विजय हासिल गरेको छ । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नवलपुर विरुद्ध तनहुँ दुई विकेटले विजयी भएको हो ।

    टस जितेर पहिले व्याटिङ गरेको नवलपुरले ४४ ओभरमा दश विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा तनहुँले आठ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको छ ।

    तनहुँको जितका लागि कप्तान चन्द्रकान्त पौडेलले दुई छक्का र चार चौकाको सहयोगले २७ रन बनाए तनहुँका लागि सचिन अधिकारीले ३० र उत्सव श्रेष्ठले २८ रन बनाएका थिए । त्यस्तै तनहुँकै विनय भण्डारीले तीन, दिनेश बूढा मगर र सन्दिप पराजुलीले दुई÷दुई र चन्द्रकान्त पौडेलले एक विकेट लिएका थिए।

    उक्त खेलमा कप्तान चन्द्रकान्त पौडेल म्यान अफ दि म्याच घोषित भएका छन् ।

    “तनहुँ क्रिकेट सङ्घको हौसला र खेलाडीको सामूहिक प्रयासले तनहुँको टिमले खेल जित्न सक्यो,” विजयपछि कप्तान पौडेलले भने ।

    छनोट खेलमा लगातार तीन खेल जित्दै तनहुँको टिम प्रधानमन्त्री कप क्रिकेट छनोटको विजेता घोषित हुन सफल भएको छ । यद्यपि छनोट खेलका दुई खेल भोलि र पर्सी बाँकी छ । आइतबार स्याङ्जा र नवलपुर तथा सोमबार स्याङ्जा र कास्कीबीच खेल हुनेछ ।

    तनहुँले विगत केही दुई वर्ष यता लगातार आठ खेल हारेको थियो । क्रिकेट सङ्घले मान्यता दिएको तनहुँ सहित नवलपुर, स्याङ्जा र कास्कीसँग तनहुँले खेल हारेका थियो । तनहुँले यसअघि कास्की र स्याङ्जालाई पराजित गरेको थियो । तनहुँले कास्कीमाथि पहिलो पटक विजय हासिल गरेको थियो ।