दमौली । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एकबहादुर रानाले भाइटीकाको दिनमा पनि घरेदैलो अभियान सञ्चालन गरेका छन् । भाइटीकाको टीका सकिएलगत्तै रानाले घरदैलो गरेका हुन् ।
रानाले बिहीबार भानु नगरपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका छन् । सोक्रममा रानाले तनहुँको विकासका लागि एमालेको विजय आवश्यक रहेको बताए । कांग्रेसले जित्दै आएको यो क्षेत्र विकासमा पछि परेको भन्दै उनले २०७४ को निर्वाचनमा एमालेले जित्दा धेरै विकासका काम भएको उल्लेख गरे ।
मतदाता भेटघाटमा नेकपा एमाले केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सहभागी थिइन्।