कास्कीबाट २३ जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीबाट २३ जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७९, शुक्रबार

    पोखरा । ५ लाख ३२ हजार रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय कास्कीले २३ जना जुवाडेलाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा  २३ वर्षीय बिनित सुबेदी समेत २३ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । 

    उनको घरमा जुवातास खेलिरहेको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले  जनाएको छ  ।