काठमाडौ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत गण्डकी प्रदेशले विजय सुरुआत गरेको छ । काठमाडौमा सोमबार भएको खेलमा सुदुरपश्चिमलाई पराजित गर्दै गण्डकीले विजय सुरुआत गरेको हो।
गण्डकीले सुदुरपश्चिमलाई ६९ रनले पराजित गरेको छ । सुरुमा व्याटिङ गरेको गण्डकीले पूरै ५० ओभर खेल्दै २०८ को लक्ष्य दिएको थियो ।
सुदुरपश्चिम ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो ।
गण्डकीका अर्जुन कुमालले ६३, समिर कंडेलले २६, विधान श्रेष्ठले २५, अभिषेक बस्नेतले २५ रन बनाएका थिए ।
सुदुरपश्चिमका लागि मिलन बोहोराले ५१ र गजेन्द्र बोहोराले ३५ रन बनाएका थिए ।
उक्त खेलमा गण्डकी प्रदेशका अर्जुन कुमालले प्लेयर अफ दि म्याच घोषित भई पॉच हजार प्राप्त गरे ।
गण्डकी प्रदेशको टिममा तनहुँका तीन खेलाडी समावेश छन् ।