विप्लवको नेकपासहित तीन दलद्वारा चुनाव बहिस्कारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विप्लवको नेकपासहित तीन दलद्वारा चुनाव बहिस्कारको निर्णय

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७९, बिहीबार

    काठमाडौ ।विप्लव नेतृत्वको नेकपासहित तीन दलले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छन् । सो निर्णय गर्नेमा विप्लवको पार्टीबाहेक ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल रहेका छन् ।

     नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले पुँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न निर्वाचन गर्न लागेको ठहर गर्दै निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको बताइएको छ । 

    यसबारे जानकारी दिन जारी विज्ञप्तिमा चुनाव बहिस्कारसम्बन्धी कार्यक्रम र अपील कात्तिक १९ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उल्लेख छ ।