दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा शुक्रबार भएको ट्याक्टर दुर्घटनाका घाइतेलाई सेनाले उद्धार गरेको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टर चालक लमजुङ २० वर्षीय सन्जय श्रेष्ठलाई कालीभञ्जन गण (इ) का सहसेनानी सुरेन्द्र थापाको नेतृत्वमा उद्धार गरी अस्पताल पु¥याइएको हो । उनकाे दमाैली अस्पतालमा उपचार भइरहेकाे छ ।
खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ त ६७३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको थियो ।