दमौली । तनहुँको दमौली निवासी शंकरलाल राजभण्डारीले अष्ट्रेलियामा वरिष्ठ स्वयंसेवक अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलियाका वरिष्ठ बहुसांस्कृतिक मन्त्री मार्क क्युरले राजभण्डारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
नेपाली समुदायको प्रतिनिधित्व गर्ने नेपालीहरूबीच समुदायमा उत्कृष्ट काम गरेबापत उनलाई वरिष्ठ स्वयंसेवक पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार राजभण्डारीकी नातिनी सान्वी राजभण्डारीले ग्रहण गरेकी छन् ।