दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकल दुर्घटनामा हात चुँडिएकी महिलाको उपचारमा सहयोग जुट्न थालेको छ । गत शनिबार पाटनबाट झापुटार जॉदै गरेका बेला मोटरसाइकलमा सल अड्किएर हात चुँडिएकी ३० वर्षीया रेनु थापाको उपचारका लागि सहयोग जुट्न थालेको हो ।
थापाको उपचारका लागि वेनीपाटन टोल विकास संस्थाको सक्रियतामा ३० हजार पॉच सय ३५ संकलन भएको छ । टोलवासीका तर्फबाट उठेको उक्त रकम घाइते थापाका श्रीमान् रामबहादुर थापालाई हस्तान्तरण गरिएको टोलका अध्यक्ष हेम पौडेलले जानकारी दिए ।
सोही क्रममा जनचेतना आमा समूहबाट पॉच हजार एक सय ७५ र ऋषिङ आमा समूहबाट पॉच हजार एक सय हस्तान्तरण गरिएको छ ।
घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको उपचारका लागि आर्थिक अभाव भएको परिवारले जनाएको छ ।