आदिवासी जनजाति महासंघ तनहुँका नवनिर्वाचित अध्यक्ष हिराचनद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिवासी जनजाति महासंघ तनहुँका नवनिर्वाचित अध्यक्ष हिराचनद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७९, आईतवार

    दमौली । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका नवनिर्वाचित अध्यक्ष सुजित हिराचनले पदस्थापन गरेका छन् । आइतबार महासंघको कार्यालयमा हिराचनले पदभार ग्रहण गरेका हुन् ।

    निवर्तमान अध्यक्ष बसुन्धरा घर्तीले नवनिर्वाचित अध्यक्ष हिराचनलाई पदस्थापन गराएकी थिइन् ।महासंघको अधिवेशनबाट हिराचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयॉ कार्यसमिति चयन भएको थियो ।

    पदभार ग्रहण गर्दै हिराचनले आदिवासी जनजातिको हकअधिकारका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।