लायन्स क्लव खैरेनीटारद्वारा दश परिवारलाई स्वास्थ्य बीमा हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    लायन्स क्लव खैरेनीटारद्वारा दश परिवारलाई स्वास्थ्य बीमा हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७९, सोमबार

    दुलेगाैडा । लायन्स क्लव अफ तनहुँ खैरेनीटारले आर्थिक रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराएको छ । क्लवले आर्थिक रुपमा विपन्न दश परिवारलाई दश लाख बराबरको स्वास्थ्य बीमा गरिदिएको हो ।

    उक्त बीमा पोलिसी सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । आर्थिक रुपमा विपन्न परिवारलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा गरिदिएको क्लवका अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।

    कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ एल नेपालका भाइस डिष्ट्रिक गर्भनर परमेश्वर बराल, जोन ५ का चियरपर्सन सुजित हिराचन लगायतको सहभागिता थियो ।