दुलेगौडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङ्गले विकास र समृद्धिको नेतृत्व एमालेले गर्ने बताएका छन् ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले बुधवार रिसिङ र घिरिङ गाउँपालिकाको विभिन्न स्थानमा भएका मतदाता भेटघाट एवम् कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘कतिपय काम भन्दा बढि गफ गर्न रुचाउँछन,’ उनले भने, ‘म कम बोल्छु तर काम बढि गर्न मन पराउँछु ।’ उनले यस क्षेत्रको विकास क्रमशः भइरहेको बताउदै आगामी ५ वर्षमा गर्न सकिने काम योजनाबद्ध रुपमा लिएर आएको प्रष्ट पारे । ‘जसले बढि आवश्वासन दिन्छ । उसले काम गर्दैन,’ उनले अगाडी भने, ‘जनताहरु झुटा आवश्वासन प्रति सचेत हुनु जरुरी छ ।’
उनले स्थिर सरकार निर्माणका लागि मंसिर ४ को निर्वाचन नेकपा एमालेले जित्नुपर्ने बताए । गठबन्धन सरकार यहाँले विगतको डेढ वर्षलाई हेरे पुग्छ, उनले थपे, उनीहरुसँग कुनै योजनानै छैन । केबल सरकारमा रहने मात्र हो । उनले स्थिर सरकार भएमा विकास निर्माणले फट्को मार्ने उल्लेख गरे ।
तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले संघ र प्रदेश सरकारमार्फत ५ वर्षको समयमा भएका महत्वपूर्ण विकास निर्माण कार्यहरु विभिन्न माध्यमबाट जनताकोबीचमा लगेको बताउदै अध्ययन गर्न आग्रह गरे ।