दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन हुने भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ र २ मा खटिएका मतदान र सहायक मतदान अधिकृतका लागि २६ र २७ गते तालिम हुन लागेको हो ।
क्षेत्र नम्बर १ मा कात्तिक २६ गते आदिकवि भानुभक्त क्याम्पसमा र क्षेत्र नम्बर २ को २७ गते भानुभक्त क्याम्पसमा तालिम सञ्चालन हुनेछ ।