चुनावको बेला भ्रम छर्नेहरुसँग सचेत हुुनुपर्छ–एमाले उम्मेदवार गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    चुनावको बेला भ्रम छर्नेहरुसँग सचेत हुुनुपर्छ–एमाले उम्मेदवार गुरुङ

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७९, बिहीबार

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले चुनावको बेला भ्रम छर्नेहरुसँग सचेत हुुनुपर्नेमा जोड दिएका छन् । बिहीबार गृह नगर भिमादको वडा नं. १ र २ का मतदाताहरुसँग भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले चुनावकाबेला हुने भ्रमप्रति सचेत हुनुपर्ने उल्लेख गरे ।

    गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले भने, ‘ठूला आश्वासन र योजना लिएर गाउँ पुग्नेहरु काम गर्दैनन् । उनीहरुको ध्यान केबल मतकोलागि मात्र हुन्छ । त्यसैले मंसिर ४ मा न्यायपूर्ण ढंगले मतदान गर्नुहोला ।’ ठूला आवश्वासन र योजना बाड्नेहरुप्रति मतदाताहरु सजग भइसकेको नेता गुरुङको भनाई थियो । उनले नेकपा एमालेले जिते मात्र स्थिर सरकार बन्ने प्रष्ट पारे ।

    ‘चुनावअघिनै ५ दल छन्, उनीहरुको भावी प्रधानमन्त्रीको टुंगो छैन,’ उनले थपे, ‘निर्वाचनको नतिजापछि सबै भताभुंग हुन्छ ।’ उनले स्थिर सरकार भएमा विगतमा एमाले नेतृत्वको सरकारले जसरी विकास निर्माणले गति लिने बताए । तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले प्रदेश सभामा गएर जनताको आवाज सशक्त रुपमा बुलन्द गर्ने बताए ।

    ‘हामी गण्डकी सरकारको नेतृत्व गर्दा गठबन्धनको जस्तो विवाद हुदैन,’ उनले थपे, ‘जनताले निर्वाचित गरेर पठाएका हामीलाई जनताकै पक्षमा निति नियम बनाउछौं ।’ उनले २०७४ को निर्वाचनपछि भएका विकास निर्माण र आगामी गरिने कामको योजनाकासाथ मतदाताकोबीचमा पुगेको प्रष्ट पारे । विहिवार उनीहरु गिद्देभन्ज्याङ,फुलनथान,बन्दिछाप,फुलन्थान ,जौपानी,बोक्सान लगायतका क्षेत्रमा पुगेका थिए ।