चितवनमा म्याजिक र मोटरासाइकल ठोक्किंदा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा म्याजिक र मोटरासाइकल ठोक्किंदा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७९, शुक्रबार

    चितवन । सवारी दुर्घटनामा परी चितवनमा दुई जनाको मृत्यु भएको छ। पश्चिम चितवको रामपुरमा यात्रुवाहक म्याजिक गाडी र मोटरसाइकल ठक्कर खाँदा एक जानको घटनास्थलमा र अर्कोको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो। 

    बिहीबार साँझ भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुर कृषि क्याम्पस अगाडि भरतपुरबाट शारदानागरतर्फ जाँदै गरेको  ना १ ज ५६०५ नम्बरको म्याजिकले  विपरित दिशातर्फ जाँदै गरेको  ना ३३ प २५३ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो। 

    दुर्घटनामा म्याजिकमा चढेका स्याङ्जाका २४ वर्षीय नविन नेपालीलाई उपचारको लागि भरतपुर लाँदै गर्दा बाटोमा मृत्यु भएको हो। मोटरसाइकल चालक भरतपुर ५ का ४० वर्षीय यज्ञ शर्माको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राती नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विवयराज पण्डितले बताए। 

    घटनामा भरतपुर महानगरपालिका २० का आशिष नेपाली र मोटरसाइकलको पछाडी चढेका भरतपुर ५ का श्याम खरेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। म्याजिक चालक प्रहरीको नियन्त्रणमा छन्।