मालाको प्रतिस्पर्धा !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मालाको प्रतिस्पर्धा !

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७९, शुक्रबार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार यतिबेला गाउँ छिरेका छन् । मतदाता रिझाउँदै आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवार घरदैलो गरिरहेका छन् ।

    घरदैलोका क्रममा नेताहरुबीच यतिबेला मालाको प्रतिस्पर्धा चलेको छ । अनुहार नै छोपिने गरी स्थानीयले नेताहरुलाई माला लगाइदिएका छन् ।

    भानु नगरपालिका-१२ अर्चले पुगेका तनहुँ-१ का उम्मेदवार रामचन्द्र पौडेललाई स्थानीयले बिहीबार १२ किलोको माला लगाइदिए। मालासँगै पौडेललाई स्थानीयले १२ बुँदै मागपत्र थमाए । पत्रमा स्थानीय विकास निर्माणका माग समेटिएको थियो ।

    भानु-१२ कवाचित पुगेका नेकपा एमालेका तनहुँ-१ उम्मेदवार एकबहादुर रानालाई पनि स्थानीयले शुक्रबार मालाले स्वागत गरेका छन् ।

    देवघाटमा घरदैलोका क्रममा नेकपा एमालेका तनहुँ १ प्रदेश २ का उम्मेदवार पूर्णबहादुर गुरुङलाई पनि स्थानीयले अनुहार छोपिने गरी माला लगाइदिएका छन् ।

    माला लगाइदिने कार्यलाई प्रतिस्पर्धा भन्दा पनि स्थानीयको स्वागत र सद्भावको रुपमा बुझ्नुपर्ने नेपाली कांग्रेसका एक नेताले बताए ।