


दमौली। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले एमालेको पक्षमा जनलहर आएको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाको बोटेनी, थाङ्दी, छाङपाटन, मूलाबारी, झिरुबास, ध्यान्थोक लगायतका ठाउँमा शुक्रबार आयोजित मतदाता भेटघाटमा बोल्दै गुरुङले एमाले नेतृत्वमा तनहुँ-२ मा विकास अभियानले गति लिएको बताए ।
‘हामीले यो क्षेत्रमा विकास अभियानलाई गति दिएका छौ, एमालेको विकासप्रतिको लगाव देखेर जनताको आकर्षण एमालेमा छ,’ उनले भने, ‘चुनाव जितेर विकासलाई थप गतिमा अगाडी बढाउँछौ ।’
उनले विपक्षीले केही मुद्धा नपाएपछि अनावश्यक गलत प्रचार गरिरहेको भन्दै जनता त्यस्ता प्रचारमा नभुल्ने जिकिर गरे । ‘कुन पार्टीले काम गर्छ भन्ने बारे जनता जानकार छन,’ उनले भने।