‘एमाले नेताहरुको समन्वयमा यो पुल निर्माण हुने निश्चित भइसकेको छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    ‘एमाले नेताहरुको समन्वयमा यो पुल निर्माण हुने निश्चित भइसकेको छ’

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७९, मंगलवार

    दुलेगौडा । लामो समयदेखि अलपत्र रहेको भिमाद-८ र शुक्लागण्डकी नगरपालिका-७ जोड्ने पुल एमाले नेता केदार सिग्देलमा समन्वयमा निर्माण हुने निश्चित भएको छ । तनहुँ क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य रहेका सिग्देलले केही समय अगाडी ठेकेदारसँग सम्पर्क गरी पुलको काम सुरु गर्न ध्यानाकर्षण गराएका थिए ।

    डिजाइन परिवर्तन, कोभिड-१९ को कारणले परेको असर लगायतले काममा ढिलाई भएपनि चुनाव लगत्तै कामलाई सुरु गर्ने ठेकेदारले सिग्देल समक्ष प्रतिबद्धता जनाएका छन् ।

    ‘निवर्तमान सासद केदार सिग्देल र एमालेका नेताहरुको पहलमा नै ठेकेदारलाई सम्पर्क गरि जसरी भए पनि काम गर्न पर्छ भनेर एक वटा पिल्लर र १ स्ल्याप ढलान गर्ने काम भएको थियो ।अब २ वटा स्ल्याप बन बॉकी छ,’ भिमाद-८ का शिव आले मगरले भने, ‘अहिले पनि ठेकेदारसँग सम्पर्क भइसकेको छ । खोला अब सुकेको छ निर्वाचन लगतै काम शुरु हुने जानकारी ठेकेदारले दिनु भएको छ ।’

    निर्वाचनको बेला आएर यो पुलमाथि राजनीति गर्न खोजिएको भन्दै चुनावको बेला मात्रै पुलको विषय उठाउनु जायज नहुने बताए ।