अनलाइन पत्रकार संघ तनहुँको तदर्थ समिति : अध्यक्षमा खनाल, सचिवमा न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनलाइन पत्रकार संघ तनहुँको तदर्थ समिति : अध्यक्षमा खनाल, सचिवमा न्यौपाने

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७९, मंगलवार

    दमौली। तनहुँमा अनलाइन पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ । अनलाइनका सञ्चालक तथा सम्पादकको मंगलबार भएको भेलाले संघको तदर्थ समिति गठन गरेको हो ।

    समितिको अध्यक्षमा उपेन्द्र खनाल, उपाध्यक्षमा विमला कंडेल, सचिवमा कृष्ण न्यौपाने र कोषाध्यक्षमा एलोज श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा एसबी नेपाली, श्रीकृष्ण आचार्य र हरि खरेल चयन भएका छन् ।

    सूचना विभागमा दर्ता भई सञ्चालनमा रहेका अनलाइनलाई समेटी तदर्थ समिति गठन गरिएको र सबै अनलाइनलाई समेटिने सचिव न्यौपानेले जानकारी दिए ।

    अनलाइनलाई संगठित गर्दै अनलाइन मिडियाको प्रबर्धनका लागि संघले काम कर्ने अध्यक्ष खनालले बताए ।