विश्वकप प्रसारण विवाद : अल्पकालीन अन्तरिम आदेश खारेज, थप शुल्क तिर्नुपर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप प्रसारण विवाद : अल्पकालीन अन्तरिम आदेश खारेज, थप शुल्क तिर्नुपर्ने

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७९, बुधबार

    काठमाडौ । विश्वकप प्रसारण विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ। 

    योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने भएको छ। 

    मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाउने गरी दिएको अल्पकालीन अन्तरिम आदेश बुधबार खारेज भएको हो।

    न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलिदिएको हो। 

    यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले विश्वकप फुटबलका लागि थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिँदै आजका लागि अन्तरिम आदेश छलफलमा झिकाएका थिए।