दमौली । पेलिकन्स क्लव अफ तनहुँको आयोजनामा तेस्रो तनहुँ क्रिकेट लिग हुने भएको छ । क्लवले मंसिर तेस्रो साता तनहुँ क्रिकेट लिग आयोजना गर्न लागेको हो ।
लिगमा चार वटा टिमको सहभागिता रहने क्लवका अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए । खेलाडी दर्ताका लागि शनिबारबाट फर्म खुल्ला गरिएको छ । क्रिकेटमा खेलाडीको आकर्षण बढाउन क्लवले प्रत्येक वर्ष लिग आयोजना गरिरहेको छ ।
प्रथम वर्ष आयोजित लिगको उपाधी दमौली रिभल्स र दोस्रो वर्ष आयोजित लिगको उपाधी दमौली क्रिकेट क्लवले जितेको थियो ।