कास्की २ मा घण्टी अगाडि, प्रदेश १ मा हलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    कास्की २ मा घण्टी अगाडि, प्रदेश १ मा हलो

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    पोखरा । कास्की २ को मतगणना सुरु भएको छ । ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश
    `क´ मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ ।

    पोखरा महानगरपालिका-१५ कोलपाटनको मतगणना चलिरहेको छ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् । उनले १६२ मत पाएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले १२२ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बरालले ११० मत पाएका छन् ।

    प्रदेशसभामा राप्रपका विजयबहादुर भण्डारी अगाडि छन् । उनले १९८ मत प्राप्त गर्दा नेकपा एमालेका भीम कार्कीले १४५, गठबन्धनकातर्फबाट माओवादी केन्द्रका विश्वप्रकाश लामिछालेले १०६, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् ।