लमजुङमा १ बजेपछि मतगणना गर्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    लमजुङमा १ बजेपछि मतगणना गर्ने तयारी

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार


    पोखरा । दुई हेभिवेट नेताबीच भिडन्त भएको लमजुङमा १ बजेपछी मतगणना सुरु हुने भएको छ । जिल्ला समन्वयमा मतगणना गर्ने तयारी छ ।

    एक मात्र प्रतिनिधि सभा रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ मैदानमा छन् । देव पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन ।

    १ लाख ३३ हजार ५५९ जना मतदाता रहेकोमा ८० हजार ९१७ मत खसेको छ ।

    प्रदेस सभातर्फ लमजुङ क´ मा एमालेका जमिन्द्रमान घले र नेपाली काङ्रेसका टकराज गुरुङ प्रतिस्पर्धामा छन् । लमजुङख´ मा एमालेका कृष्णप्रसाद अधिकारी र काङ्ग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन् ।