पोखरा । मुस्ताङ ‘क’ मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै नन्डुले गण्डकी प्रदेश सभामा इन्ट्री मारेका हुन् । विष्ट गण्डकीका निर्वतमान प्रदेशसभा सदस्य हुन् ।
गुरुङले १ हजार ८४ मत पाउँदा विष्टले ७९३ मत पाए । यहाँ ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत खसेको थियो । प्रतिनिधि सभामा पनि नेपाली कांग्रेसमा योगेश गौचन थकालीले एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै विजयी भएका थिए ।
प्रदेश ‘ख’ मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका विकल शेरचन र राप्रपा नेपालका कर्म डोल्कर गुरुङ प्रतिस्पर्धामा छन् ।
२०७४ सालको निर्वाचनमा मुस्ताङ नेकपा एमालेले क्लिनस्विप पारेको थियो ।