झापा-५ मा केपी ओलीलाई दोब्बर बढी मतको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    झापा-५ मा केपी ओलीलाई दोब्बर बढी मतको अग्रता

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।

    पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मत ल्याएका छन्।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मतसहित तेस्रो स्थानमा छन्।

    झापा-५ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ। अघिल्लो निर्वाचनमा पनि यो क्षेत्रमा ओली नै चुनिएका थिए।