लमजुङमा पृथ्वीसुब्बा अगाडि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    लमजुङमा पृथ्वीसुब्बा अगाडि

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, सोमबार

    पाेखरा । दुई ठुला दलका हेभिवेट नेताबीचको प्रतिस्पर्धा भएको लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ अगाडी देखिएका छन् ।

    एमालेका उपमहासचिव गुरुङले सुरुवाती अग्रता लिएका हुन् । गुरुङले २ हजार ५०८ मत पाउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका महासचिव समेत रहेका देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन् । ४ हजार ९०४ मतगणना सकिएको छ ।

    लमजुङमा आइतबार भएको निर्वाचनमा कुल १ लाख ३३ हजार ५५९ मतदाता रहेकोमा ८० हजार ९१७ मत खसेको छ ।