मनाङ प्रदेश १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मनाङ प्रदेश १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, सोमबार

    पोखरा । मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । सोमबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन् । मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए ।

    २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्र्रेसले नै जितेको थियो । कांग्रेसका चिन्तबहादुर घले ८४७ ल्याउदा एमालेको दोर्जे डंडुल गुरुङले ८२४ मत पाएका थिए । प्रदेश सभा (ख) मा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

    अघिल्लो पटक पनि एमालेको समर्थनमा मनाङेले जितेका थिए । प्रतिनिधि सभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् । गण्डकीको अर्को हिमाली जिल्ला मुस्ताङमा भने नेपाली कांग्रेसले नेकपा एमालेलाइ क्लिनस्विप गरेको छ ।