दमौली । बारा-४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले बाराको विकास र समृद्धिको संकल्प पूरा गर्ने बताएका छन् । श्रेष्ठले बारा क्षेत्र नम्बर ४ का जनताको सुख, समृद्धि र विकासका लागि हामीले गरेको प्रतिबद्धता र संकल्प पूरा गर्न तथा मेरा अन्य प्रतिस्पर्धी मित्रहरुको भावनालाई समेत सम्वोधन गर्दै अविचलित भएर अघि बढ्ने बताए।
नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले एमालेका एकबाल मियॉलाई पराजित गरेका थिए ।