दमौली । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई गरिएको छ।
गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो।
म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ सहित इलाका प्रहरी कार्यालयहरुले एक कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीको विदाई गरेका छन्।