मानहुँकोट जाउँ !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    मानहुँकोट जाउँ !

    आकाश अधिकारी

    १४ मंसिर २०७९, बुधबार


    हिउँद भरि कुहिरो ले ढाक्ने हाम्रो ठाँउ!
    बिहानीको हिमाल हेर्न मानहुँकोट जाउँ!

    नागवेलि उकालो छ चापाघाँटको बाटो!
    उर्वर अनि मलिलो छ मानहुँको माटो!
    ऐतिहासिक,रमणीय एकदेवको गाउँ!
    परीवारलाई घुमाउन मानहुँकोट जाउँ!

    महाभारत शृङ्खलाको चुच्चे शिखर!
    सेती मादी वेग हानी बग्छन मुन्तिर!
    मौलिक सांस्कृतिको धरोहर हो तनहुँ!
    चुड्का,कौरा हेर्नलाई मानहुँकोट जाउँ!