हारेर पनि अन्तिम १६ मा पोल्याण्ड, जितेर पनि बाहिरियो मेक्सिको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    हारेर पनि अन्तिम १६ मा पोल्याण्ड, जितेर पनि बाहिरियो मेक्सिको

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७९, बिहीबार

    काठमाडौ । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा प्रवेश गरेका छन्।

    बुधबार भएको खेलमा पोल्याण्डलाई २–० ले हराउँदै अर्जेन्टिनाले माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो। अर्जेन्टिनाले समूह चरणका दुई खेलमा जित हात पार्दै ६ अंक हात पारेको हो। 

    तीन खेलबाट ४ अंक हात पारेको पोल्याण्ड पनि समूहको उपविजेताको रुपमा माथिल्लो चरणमा पुगेको छ।

    यद्यपि समान ४ अंक हात पारेको मेक्सिको भने समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा साउदी अरेबियालाई २-१ ले पराजित गरेर पनि मेक्सिको समूह चरणबाटै बाहिरिएको हो। 

    पोल्याण्ड र मेक्सिकोबीच अंक बराबर भए पनि गोल अन्तरको आधारमा पोल्याण्ड माथिल्लो चरणमा पुगेको हो।